कम चर्चित, तर बढी जरुरी गुगलका 5 tools

 


कम चर्चित, तर बढी जरुरी गुगलका ५ टुलगुगल इन्टरनेटकै सबैभन्दा शक्तिशाली सर्च इन्जिन हो । तपाईँका हरेक जिज्ञासा र प्रश्नको जवाफ गुगलमा पाउन सक्नु हुन्छ । प्रविधिको तीव्र विकाससँगै मानिसका आवश्यकताहरू पनि बढिरहेका छन् । जसलाई ध्यानमा राखेर गुगलले आफ्नो सर्च इन्जिनसँगै अन्य विभिन्न उत्पादन जस्तो कि युट्युब, गुगल क्रोम, ड्राइभ, गुगल फोटोजमा पनि सञ्चालन गरिरहेको छ । 

यी गुगल एप प्रयोगकर्ताबीच निकै चर्चित छन् । तपाईंले पनि गुगलका अन्य धेरै उपयोगी एप आफ्नो दैनिक जीवनलाई सहज बनाउनका लागि प्रयोग गरिरहनु भएको होला । यी केही चर्चित एपसहित गुगलका अन्य ७५ एपहरू सञ्चालनमा छन्, जुन हाम्रो दैनिकीको लागि निकै उपयोगी छन् । 

आज हामी यस्तै गुगलका अन्य केही प्रोडक्टहरुको बारेमा कुरा गर्नेछौं, जसलाई हामीले धेरै प्रयोग नगरेका हुन सक्छौं, तर हाम्रो दैनिक जीवनमा उपयोगी हुन सक्छन्: 

१. गुगल अर्थ

गुगलले विकास गरेको भर्चुअल ग्लोब वा म्यापिङ सफ्टवेयर हो, गुगल अर्थ । जसको मद्दतले आफ्नो मोबाइल वा कम्प्युटर स्क्रिनबाट विश्व हेर्न सकिन्छ भन्दा फरक नपर्ला । सामान्य भाषामा भन्नुपर्दा गुगल अर्थ तपाईं हामीले स्कुल पढ्दा देखेको विश्वमानचित्र अथवा ग्लोबको एउटा डिजिटल स्वरूप हो । जसमा किताबको तुलनामा अथाह विवरण हेर्न पाइन्छ । यसमा स्याटलाइट इमेजरी, एरियल फोटोग्राफी तथा विभिन्न भौगोलिक डेटाहरूलाई समावेश गरिएकाले यसले वास्तविक जस्तै देखिने गरी नतिजा दिन्छ । 

यसले थ्रिडी भ्यु दिने भएकाले विद्यार्थीलाई पढाउन अथवा वैज्ञानिक अनुसन्धान गर्न यो टुल निकै सहयोगी छ । यसबाट आफूले हेर्न चाहेका ठाँउहरू मजाले हेर्न सकिन्छ । साथै कुनै दुई सहर वा देशबीचको दूरी हेर्न वा कुनै क्षेत्रलाई छनोट गर्न पनि यो एप प्रयोग गर्न सकिन्छ । 

एपसँगै सम्बन्धित ‍गुगलको अर्को टुल स्ट्रिट भ्यु पनि छ, जसको सहायताबाट सहरको कुनै पनि गल्लीलाई मजाले नियाल्न सकिन्छ । स्ट्रिट भ्युमार्फत सहरमा भएका ग्राउन्ड, पार्क, बिल्डिङ जस्ता स-साना विवरण राम्रोसँग हेर्न सकिन्छ ।

 यदि तपाईं कुनै नयाँ सहर घुम्न जादैँ हुनुहुन्छ वा कुनै नचिनेको स्थानमा जानुपर्ने छ भने ‘स्ट्रिट भ्यु’ले तपाईंलाई धेरै नै मद्दत गर्नसक्छ ।  

२. रिमोट डेस्कटप

रिमोट डेस्कटप गुगलले विकास गरेको यस्तो टुल हो, जसको सहायताले तपाईंले भौतिक रूपमा उपस्थित नभईकनै कसैलाई कम्प्युटरबाट गरिने काममा सहयोग गर्न सक्नुहुन्छ । यसका लागि गुगलमा गएर रिमोट डेस्कटप सर्च गर्नुभयो भने क्रोम रिमोट डेस्कटप भन्ने देखिन्छ ।

त्यसमा क्लिक गर्दा अर्को वेब एप खुल्छ । जहाँबाट एउटा रिमोट डेस्कटपको एक्सटेन्सन र एप डाउनलोड गरेर इन्स्टल गरिसकेपछि सेटअप पूरा हुन्छ । यसरी तपाईंले दुई ओटा कम्प्युटरमा एउटै ईमेल राख्नुभएको छ भने सजिलै अर्को कम्प्युटरमा पहुँच पाउन पनि सक्नुहुन्छ । तर अन्य कसैलाई सहायता दिन खोज्दै हुनुहुन्छ भने रिमोट सपोर्टमा गएर ‘शेयर दिस् स्क्रिन’मा रहेको ‘जेनेरेट कोड’ मा क्लिक गर्नुपर्ने हुन्छ । यहाँ क्लिक गरिसकेपछि एउटा कोड तयार हुन्छ ।

जसलाई शेयर गरेर सजिलै तपाईंले अरूको सहयोग लिन सक्नुहुन्छ । अरूलाई सहयोग गर्नु छ भने स्क्रिनको तल देखिने ‘कनेक्ट टु एनदर कम्प्युटर’ मा शेयर गरेको एक्सेस कोड राखेर सजिलै पहुँच पाउन सक्नुहुन्छ । यसरी एक्सेस गर्दा एप इन्स्टल/अनइन्स्टल तथा एड्मिनिस्ट्रेटिभ पर्मिसन चाहिने कामहरू भने गर्न सकिदैंन । जुन एक हिसाबले राम्रो कुरा पनि हो । 

कम्प्युटरलाई भार पर्ने गह्रौं काम रिमोट्ली गर्दा केही ल्याग भएको जस्तो महसुस हुन्छ । तर यो भन्दा छिटो चाहिएमा उस्तै काममा प्रयोग हुने प्रिमियम टुल टिम भ्युअर र एनिडेस्क पनि प्रयोग गर्न सक्नुहुनेछ ।

३. स्नापसिड 

गुगलले विकास गरेको निःशुल्क फोटो एडिटिङ टुल हो, स्नापसिड । यो एन्ड्रोइडका साथै आईओएसका लागि पनि उपलब्ध छ । यसमा फोटो एडिटिङका लागि थुप्रै टुलहरू दिइएका छन् ।  

एप भित्र स्टाइलमा विभिन्न फिल्टरहरू दिइएका छन् । फोटोलाई थोरै इन्ह्यान्स गर्न यी फिचर नै काफी छन् । तर प्रोफेसनल तहको एडिटिङ गर्न टुलमा जानुपर्ने हुन्छ । यसमा विभिन्न टुल रहेका छन् । कुनै नचाहिने वस्तुलाई फोटोबाट हटाउन हिलिङ टुल, फोटोको कुनै भागको स्याचुरेसन, एक्सपोजर, टेम्प्रेचर मिलाउन ब्रस टुल पनि दिइएको छ । 

ट्युन इमेज भन्ने टुलबाट फोटोको हाइलाइट, स्याडो, एम्बियन्स, ब्राइटनेस, कन्ट्रान्स्ट जस्ता कुरा मिलाउन पनि सकिन्छ । यसबाट अन्य थुप्रै टुल पनि यहाँ देख्न सकिन्छ । जसले फोटोलाई प्रोफेसनल बनाउन मद्दत गर्छ । एडिट गरिसकेपछि फोटोमा लामो समय दबाउने हो भने पहिला कस्तो थियो र अहिले कस्तो भयो भनेर हेर्न सकिन्छ । फोटोशप जस्तो एडभान्स त यो टुल छैन, तैपनि मोबाइलबाट सामान्य फोटो एडिट गर्न चाहिं यो टुल पर्याप्त नै हुन्छ ।

४. स्कलर 

गुगलले विद्यार्थी, अनुसन्धानकर्तालाई लक्षित गरेर ल्याएको टुल हो, स्कलर । विशेष गरी स्नातक तह भन्दा माथि अध्ययन गरिरहेका विद्यार्थीहरू, जसले परियोजना वा अनुसन्धान गर्नुपर्ने हुन्छ, उनीहरूका लागि यो टुल निकै नै उपयोगी साबित हुन सक्छ । 

कलेजले दिने प्रोजेक्ट होस् वा रिसर्च पेपर अथवा थेसिस नै किन नहोस्, यो टुल तपाईंका लागि उपयोगी हुन्छ । गुगल स्कलरमा विभिन्न विषयका विज्ञहरू, वैज्ञानिक, अनुसन्धानकर्ताहरूले  विभिन्न विषयमा लेखेका लेख, जर्नल भेट्न सकिन्छ । जसलाई तपाईंले सन्दर्भ सामग्रीका रूपमा प्रयोग गर्न सक्नुहुन्छ । साथै तपाईंले यहाँबाट साइटेसन पनि गर्न सक्नुहुन्छ ।

यसबाहेक तपाईं नयाँ रिसर्चर हुनुहुन्छ र स्कलरमा साइन इन गर्नुभएको छ भने आफ्नो रिसर्च टपिकसँग मिल्ने आर्टिकल आउँदा तपाईंले ईमेलमा सूचना पनि पाउन सक्नुहुन्छ । यसरी प्रोफाइल बनाएर तपाईंले आफ्नो रिसर्च आउटपुट राख्न पनि सक्नुहुन्छ ।

५. जेमिनाई

जेमिनाई, पछिल्लो समयमा तपाईंले यो नाम निकै सुन्नु भएको होला । तपाईं मध्ये कतिले यो टुल प्रयोग पनि गरिरहनु भएको होला । जेमिनाई गुगलको एआई टुल हो । जसलाई भारी मात्राको डेटाबाट तालिम दिइएको छ । 

यो च्याटजीपीटी, कोपाइलट जस्तै टुल हो । जसबाट हामीले हाम्रो दैनिक जीवनमा आइपर्ने समस्याहरूको समाधान खोज्न सक्छौं । अथवा हामीलाई थाहा नभएका धेरै कुराहरू सिक्न सक्छौं । आफ्नो दैनिक रुटिन बनाउन, फिटनेसको योजना बनाउन, बजेट प्लानिङ गर्न, परीक्षाको तयारी गर्न लगायत अन्य विविध कामहरूको लागि यो टुल सहयोगी हुन सक्छ । 

यदि तपाईं कन्टेन्ट क्रियटर हुनुहुन्छ भने ब्रेनस्ट्रोमिङ अर्थात् बौद्धिक अभ्यास गर्न पनि यसको मद्दत लिन सक्नुहुन्छ । यति मात्र नभई यसले कविता, कथा लेख्न, ईमेल लेख्न वा कुनै मेसेजको रिप्लाई गर्न पनि सहयोग गर्छ । तथ्यको सन्दर्भमा भने यो अझै पनि विकासको चरणमा नै भएको हुँदा यसले दिने सबै विवरण सही नहुन पनि सक्छन् । हुन त यो समस्या अन्य च्याटबटमा पनि देख्न सकिन्छ ।   

Share:
Comments:

Email Sent पछि प्रापकले मेल पायो पाएन यसरी पत्ता लगाऔं

 

 म्याग्दी । इमेल पढियो कि नपढेको भन्ने विषयमा थाहापाउन गाह्रो हुन्छ । इमेल पढेको छ की छैन्न भनेर थाहा पाउन यसो गराैं, सबै भन्दा पहिले, तपाईको ल्यापटप वा कम्प्युटरको गुगल क्रोमको माथि दायाँ छेउमा देखिने तीन डटमा क्लिक गर्नुहोस् र त्यसपछि मोर टूल्समा क्लिक गर्नुहोस् । अब एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब तपाईको अगाडि एउटा विन्डो खुल्नेछ, त्यसको फेदमा जानुहोस्, त्यहाँ गेट मोर एक्सटेन्सनमा क्लिक गर्नुहोस् । अब मेलट्र्याक फर  जिमेल एण्ड इनबक्स : इमेल ट्र्याकिङ टाइप गरेर खोज्नुहोस् । अब जीमेल ट्याबमा जानुहोस् र कसैलाई मेल पठाउनुहोस् । अब तपाईको पठाइएको मेल पढ्ने बित्तिकै तपाईले तपाईको मेल पठाएको कति समय पछि पढेको छ वा छैन भन्ने सूचना प्राप्त हुनेछ । साथै तपाईले ह्वाट्सएप जस्तै मेलमा इनबक्सको अगाडि २ वटा निलो टिक देख्नुहुनेछ ।

Share:
Comments:

शिक्षकहरुका लागि उपयोगि website हरु :-

 


शिक्षण तथा सिकाइमा प्रविधिको प्रयोग बढिरहँदा धेरै कुरा सहज र सरल हुँदै गएको छ । विद्यार्थीलाई गृहकार्य गर्नदेखि शिक्षकलाई पढाउन र कक्षाकोठा व्यवस्थापन गर्न प्रविधिको प्रयोग भइरहेको छ ।

यसैकारण पछिल्लो समय शिक्षकलाई सहयोगी हुने एआई प्लेटफर्म आउने क्रम जारी छ । यसको प्रयोगबाट शिक्षण कार्य अझ स्मार्ट बन्दै गइरहेको छ ।

यसैबीच 'डिजिटल लर्निङ डे २०२३' को अवसरमा आज हामी शिक्षकलाई उपयोगी हुने पाँच एआई प्लेटफर्म (वेबसाइट) बारे जानकारी दिँदै छौँ:

क्वेष्टजेन (Questgen) 

 

यस वेबसाइट प्रयोग गरी कुनै पनि अनुच्छेदबाट प्रश्नहरू तयार पार्न सकिन्छ । यसले गर्दा शिक्षकलाई प्रश्नहरू बनाउने काममा मद्दत पुग्छ । वेबसाइटबाट ‘बहुवैकल्पिक प्रश्न, ठीक/बेठीक, खाली ठाउँ भर’ जस्ता प्रश्न तयार पार्न सकिन्छ ।

विद्यालय तथा शिक्षकहरुका लागि निकै उपयोगी हुने यो वेबसाइटको सशुल्क भर्सन पनि रहेको छ । तर नि: शुल्क भर्सनबाट नै धेरै काम गर्न सकिन्छ । 

अटो ड्र (AutoDraw)

गुगल क्रियटिभ ल्याब (Google Creative Lab)का डेभलपरहरूले तयार पारेको यस वेबसाइटबाट चित्रहरू सजिलैसँग बनाउन सकिन्छ । कक्षाकोठालाई रचनात्मक र सिर्जनात्मक बनाउन शिक्षकले यो वेबसाइट प्रयोग गर्न सक्छन् ।

वेबसाइटमा भएको क्यानभासमा कुनै रेखा कोर्दा त्यससँग मिल्नसक्ने चित्रहरु देखा पर्छन् । यदि आफूले बनाउन चाहेको जस्तो चित्र आए त्यसलाई प्रयोग गर्न सकिन्छ । सो चित्रमा रङ भर्ने विकल्प त्यहीँ रहेका छन् । त्यस्तै यससँग मिल्दो अर्को वेबसाइट क्विक ड्र (QuickDraw) रहेको छ । 

परप्लेक्सिटी (Perplexity.AI)

 

कहिलेकाहीँ हामीलाई  सूचना थाहा भएपनि त्यसको स्रोत के हो भन्ने कुरा थाहा हुन्न । यस्तो बेला यो वेबसाइट काममा आउँछ ।

यस वेबसाइटले हामीलाई कुनै पनि सूचनाको विश्वसनीय स्रोत उपलब्ध गराउँछ । त्यसो हुँदा स्रोतसहित कुनै पनि प्रश्नको उत्तर शिक्षकले विद्यार्थीलाई दिन सक्छन् । 

क्युरिपड (Curipod)

 

यस वेबसाइटले शिक्षकलाई युनिन प्लान बनाउन मद्दत गर्छ । त्यस्तै अन्तर्क्रियात्मक स्लाइड बनाउन पनि यो वेबसाइट उपयोगी हुन्छ । यसका लागि वेबसाइटमा एआई प्रयोग गरिएको छ । विद्यार्थीसँग प्रश्नोत्तर, छलफल जस्ता कार्यका लागि यहाँ विभिन्न  विकल्प रहेका छन् ।

पियरडेकनियरपोडस्लाइडस् एआईले समेत यस वेबसाइटले जस्तै काम गर्ने गर्छन् ।

यिप् पीटी (Yippity)

 

लामो अनुच्छेदबाट यस वेबसाइटले धेरै प्रश्न बनाएर सारसंक्षेप बनाउने काम गर्छ । यसले शिक्षकलाई लामो पाठलाई स-साना भागमा अध्यापन गराउन  सजिलो बनाउँछ । यसका लागि अनुच्छेदको लिङ्क राख्न वा अनुच्छेद नै कपी गरेर वेबसाइटमा पेस्ट गर्न सकिन्छ ।

यी बाहेक शिक्षकलाई उपयोगी हुने विभिन्न एआईयुक्त वेबसाइट छन्, जस्तै; लेसनप्लान्सकपिलिक्सग्रेडस्कोप आदि ।

Share:
Comments:

Pendrive Bootable बनाउने तरीका


 Step 1: Search for cmd in Start menu, right-click on the command prompt, click on Run as Administrator.

Step 2: Connect the USB device to the computer that is to be made bootable.
Step 3: Type the command ‘diskpart’ and then press Enter.
Step 4: Type the command ‘list disk’ to display a list of all the available storage devices on your system. Press Enter to continue.
Step 5: Select the disk that is your pen drive. Generally, it is marked as Disk 1, it might vary system to system. Make sure not to select any other available disk as it will get formatted. To choose the disk, type the command ‘select disk 1’ and press Enter.
Step 6: To make a pendrive bootable, there is a need to format it to clean the existing data. This can be done by the use of ‘clean’ command.
Step 7: Type the command ‘create partition primary’ and press Enter. This will make the disk primary and ready to be made bootable.
Step 8: To choose the partition created as primary, type the command ‘select partition 1’ and press Enter.

Step 9: Before making the disk bootable, there is a need to format it as NTFS because Windows uses NTFS file system for storage. This can be done with the use of command ‘format=fs NTFS’ and press Enter.

Step 10: Type the command ‘active’ and press Enter. This will mark the primary bootable partition as Active. Boot-USB-using-CMD-08 Step 11: Type the command ‘exit’ to exit DISKPART and press Enter. Everything is done...
Share:
Comments:

विद्यार्थीलाई काठमान्डाैंमा विद्युतिय चुलो बाँडिदै, यसरी दिनुहोस् आवेदन

 

सरकारले बाहिरी जिल्लाबाट आएर काठमाडौंमा अध्ययन गर्ने लोपोन्मुख, आदिवासी जनजाति र दलित विद्यार्थीलाई विद्युतीय चुलो (इन्डक्सन चुलो) वितरण गर्ने भएको छ । त्यसका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले निवेदन आह्वान गरेको हो । विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको जनाइएको छ ।   आवेदन दिँदा विद्यार्थीले लोपोन्मुख, आदिवासी जनजाति र दलित समुदाय खुल्ने परिचय पत्रको प्रतिलिपि र सिफारिस समेत उपलब्ध गराउनु पर्ने जनाइएको छ । यसमा आउँदो असार ९ गतेसम्म आवेदन दिन सकिने प्रवर्द्धन केन्द्रले जनाएको छ ।

यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् । अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

Share:
Comments:

निर्वाचनमा पर्यवेक्षक हुन चाहनेले अनलाइनबाट आवेदन दिनुहोस्

 

निर्वचन आयोगले आसन्न स्थानीय तह निर्वाचनमा पर्यवेक्षणमा भाग लिन इच्छुक संस्थालाई निवेदन पेश गर्न आह्वान गरेको छ ।

विगतको अभ्यास र अन्तर्राष्ट्रिय प्रचलन समेतका आधारमा राष्ट्रिय संस्थाहरुलाई मात्र पर्यवेक्षण गर्न अनुमित दिने आयोगले जनाएको छ । इच्छुकले चैत २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने छ । पर्यवेक्षण अनुमतिका लागि निवेदन दिन आयोगमा रहेको निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड प्राप्त गर्नुपर्ने बताइएकाे छ ।

युजरनेम र पासवर्ड प्राप्त गर्न पर्यवेक्षण गर्न चाहने संस्थाले संस्थाको आधिकारिक पत्र आयोगको ईमेल ठेगानामा पठाउनु पर्नेछ । उक्त पत्रको ढाँचा डाउनलाेड गर्न यहाँ क्लिक गर्नुहाेस् ।

संस्थाले आयोगमा पेश गरेको पत्रमा उल्लेख गरिएको आधिकारिक ईमेलमा निर्वाचन पर्यवेक्षण श्रोत केन्द्रबाट युजरनेम र पासवर्ड पठाइने आयोगले जनाएको छ ।

प्राप्त युजरनेम र पासवर्ड प्रयोग गरी यहाँ लगईन गरी निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ को अनुसूची-२ बमोजिमका विवरण र कागजातहरु पेश गर्न सकिनेछ ।

प्राप्त कागजात अध्ययन गरी, पर्यवेक्षण अनुमतिको जानकारी संस्थाको आधिकारिक ईमेलमा पठाइने आयोगले जनाएकाे छ ।

Share:
Comments:

Alen Mask को रकेटमार्फत अन्तरिक्षका लागि उड्यो नेपालमै बनेको पहिलो स्याटलाइट

 


नेपालमै बनेको पहिलो स्याटलाइट पीक्यू वान स्पेस एक्सको करेट मार्फत अन्तरिक्षका लागि उडेको छ ।  ओरियन स्पेसले नेपालमा बनाएको उक्त स्याटलाइट एलन मस्कको कम्पनी स्पेस एक्सको फाल्कोन–नाइन रकेटमार्फत् बिहीबार प्रक्षेपण गरिएको हो ।

फाल्कोन-नाइन मार्फत स्याटलाइट पृथ्वीभन्दा ५ सय किलोमिटर माथि अन्तरिक्षमा पुर्‍याइनेछ । यो स्याटलाइटले पृथ्वीलाई परिक्रमा गर्न ९० मिनेट लगाउने ओरियन स्पेसका सञ्चालक राकेश प्रजापतिले जानकारी दिए । अबको दुई वर्षसम्म पीक्यू वान अन्तरिक्षमा घुम्नेछ । स्पेनमा परीक्षण गरिएको यो स्याटलाइटको निर्माणको काम नेपाली विद्यार्थी, इञ्जिनियर तथा अमेच्योर रेडियो अपरेटरहरुको सक्रियतामा २०१७ देखि सुरु गरिएको थियो ।

२५० ग्राम तौल रहेको यो स्याटलाइट एउटा हातको हत्केलामा अटाउन सक्छ । यसको लम्बाइ, चौडाइ र उचाइ समान पाँच सेन्टिमिटर रहेको छ । यस्तै यसको अर्को मिसन भनेको स्पेसको बेटागामा रेडियसन मापन गर्नु हो ।  यो स्याटलाइटले अन्तरिक्षमा रहेको बेटागामा विकिरणको तिब्रता मापन गरेर पृथ्वीमा पठाउनेछ । यसका सम्पूर्ण हार्डवेयर र सफ्टवेयर नेपालमै डिजाइन, सोल्डर, परीक्षण तथा प्रोग्रामिङ नेपालमै भएको हो । यो स्याटलाइटमा अनबोर्ड कम्प्युटर, विद्युतीय पावर सब सिस्टम, सञ्चार सब-सिस्टम र पेलोड जडान गरिएको छ ।

यसमा क्यामेरा, एक्सेलेरोमिटर र जाइरस्कप जस्ता एड्भान्स पेलोड समावेश छन् । सोलार सेल्स २५० मोलिक्युलर वेट रहेको यो स्याटलाइटमा ३.७ भोल्ट, ११ सय एमएएचको लिथिनियम आयन ब्याट्री राखिएको छ । यो सूर्यको प्रकाशबाट चार्ज हुन्छ ।

सोलार सेलबाट ब्याट्रीमा पावर ट्रान्सफरलाई म्याक्सिमाइज गर्न यसमा म्याक्सिमम पावर पोइन्ट ट्र्याकिङ प्रविधिको प्रयोग गरिएको छ । नेपालमै स्याटलाइट बनाउन सुरु गर्ने र स्याटलाइट निर्माण सम्बन्धी प्रशिक्षण दिने उद्देश्यले स्थापना भएको कम्पनीले हालसम्म नेपालमा विभिन्न इन्जिनियरिङ कलेज सहित पाकिस्तान र श्रीलङ्कामा समेत प्रशिक्षण दिँदै आइरहेको छ ।

Share:
Comments:

Copyright © Ganesh Kc Myagdi | Design by:- Ganesh Kc |