पाठ्यभार घटाएरै भए पनि पूर्व निर्धारित समयावधिभित्रै शैक्षिक सत्र पूरा गछौँ : शिक्षामन्त्री

 शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले शैक्षिक सत्र कुनै पनि हालतमा खेर जान नदिने गरी सरकारले तयारी अगाडि बढाएको बताएका छन्।


सत्तारूढ नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियूका पदाधिकारीसँग बुधबार भर्चुअल अन्तर्क्रिया गर्दै मन्त्री पोखरेलले वैकल्पिक सिकाई सहजीकरण निर्देशिकालाई नै मूल बाटो बनाएर अगाडि बढ्ने बताए।


मन्त्री पोखरेलले विद्यार्थी आन्दोलनको मुख्य माग पनि वैकल्पिक र प्राविधिक शिक्षा भएको बताउँदै उनले शिक्षालाई प्रविधिसँग जोड्ने काम भइरहेको बताए।


उनले विद्यार्थी संगठनहरुले पनि यो अभियानलाई सहयोग गर्न समेत आग्रह गरे।


‘यो शैक्षिक सत्रलाई खेर जान नदिनेगरी काममा लागेको छु, पाठ्यक्रम विकास केन्द्र र विश्वविदालयलाई पाठ्याभार घटाउन लगाइसेको छु’, विद्यार्थी नेताहरुसँग मन्त्री पोखरेलले भने, ‘शैक्षिक सत्र खेर जाँदैन, वैकल्पिक सिकाई निर्देशिकालाई मूल बनाएर अगाडि बढ्छौँ।’


मन्त्री पोखरेलले वैकल्पिक सिकाइलाई अगाडि बढाउनका लागि नेपाल सरकार अन्तर्गत छुट्टै डेडिकेटेड टेलिभिजन खोल्ने सोच बनाएको बताएका छन्।


यसअघि बजेटमै यसलाई समेट्न प्रयत्न गरे पनि नसकिएको भन्दै उनले अहिले यो प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक भएको बताएको अन्तक्र्रियामा सहभागी अनेरास्ववियूका नेता विजय गौतमले जानकारी दिए।


‘मैले वैकल्पिक शिक्षालाई व्यवस्थित बनाउनका लागि प्रधानमन्त्रीज्यूसँग छुट्टै डेडिकेटेड शैक्षिक टेलिभिजन खोल्ने प्रस्ताव लगेको छु’, मन्त्री पोखरेलको भनाइ उदृत गर्दै गौतमले नेपालखबरसँग भने, ‘त्यो विषयमा प्रधानमन्त्री पनि सकारात्मक हुनुहुन्छ।’


मनत्री पोखरेलले त्यस्तो टेलिभिजनबाट बिहान माध्यमिक तहलाई, दिउँसो आधारभूत तहलाई र साँझ विश्वविद्यालय तहलाई सिकाइने ब्यवस्था मिलाइने जानकारी दिए।     #जनादेश_खबर

Share:
Comments:

Copyright © Ganesh Kc Myagdi | Design by:- Ganesh Kc |