ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती खुल्यो अनलाइनबाटै नाम टिपाउन सकिने

 

कोभिड १९ महामारीका कारण यसपटक बेलायत सरकारले ब्रिटिस गोर्खा र सिंगापुर पुलिसमा भर्ती हुन इच्छुकका लागि अनलाइनबाटै नाम टिपाउने प्रणाली सुरू गर्ने भएकाे छ ।

आउँदो जुन २८ देखि जुलाई १६ सम्म अनलाइन रजिस्ट्रेसनकाे म्याद ताेकिएकाे छ । अनलाइन फाराम भर्न ब्रिटिस आर्मी मुख्यालयले आफ्नो वेबसाइट आर्मी डट एमओडी डट युकेमार्फत् जानकारी दिइने जनाइएको छ ।

यसअन्तर्गत भर्ती हुन चाहने व्यक्तिले फर्ममा मागिएकाे विवरण पेश गर्नुपर्ने हुन्छ । अनलाइनबाट नाम दर्ता गराएका आवेदकहरूको क्षेत्रीय र केन्द्रीय छनोट पोखरामा हुने बताइएको छ ।

Share:
Comments:

Copyright © Ganesh Kc Myagdi | Design by:- Ganesh Kc |