सम्पुर्णमा नमस्ते आज म तपाईहरुलाइ एउटा यस्तो सफ्टवेयर जुन सफ्टवेयरले तपाई एकठाउँमा बसेर विश्वभरीकाे कम्प्युटर सजिलै चलाउन सक्नुहुनेछ त्यसको बारेमा जानकारी दिन जादैछुँ । विदेश हुनुहुन्छ तर नेपालमा रहेकाे कम्प्युटर विग्रियो वा नेपालमा रहेकाे कम्प्युटरकाे फाइलहरु हेर्न मनलाग्यो वा घरमा रहेकाे भाइबिहनीहरुलाई सरल र सहज तरिकाले कम्प्युटर सिकाउनु पर्ने भयो भने AnyDesk सफ्टवेयरको प्रयोग गर्न सक्नुहुनेछ ।
....................
१. सर्वप्रथम https://anydesk.com मा गई Download मा Click गरि Download गर्नुहोस्।
२. यो सफ्टवेयर रहेको ठाउँमा जानुहाेस् । प्राय: Download भएकाे फाइल My Document भित्र Download फोल्डरमा बस्दछ ।
३. AnyDesk लाई Install गर्न AnyDesk सफ्टवेयर लाई Right Click गर्नुहोस् र Run as Administrator मा Click गर्नुहोस् ।
४. अब एउटा Popup Box खुलेको देख्नुहुन्छ त्यहा Yes मा Click गर्नुहोस् ।
५. अब AnyDesk Address लेखेको ठाउँमा तपाईको ID रहनेछ। Remote Desk लेखेको छेउमा तपाइले चलाउन चाहनुभएको कम्प्युटरमा भएको AnyDesk को Id राखि Connect मा Click गर्नुहोस्।
६. अब तपाईले चलाउन चाहनु भएको कम्प्युटरमा message जान्छ र त्यहाँ Accept गरिसकेपछि मात्र तपाईले अरुको कम्प्युटर चलाउन सक्नुहुनेछ ।
नोट: तपाईले चलाउन चाहनु भएको अर्को कम्प्युटरमा पनि ईन्टरनेट र यो सफ्टवेयर भने हुनुपर्छ ।
तलका यि अन्य थप सफ्टवेयरहरु पनि प्रयाेग गर्न सक्नुहुनेछ ः
१. TeamViewer २. Remote Utilities ३. UltraVNC
७. LiteManager ८. Comodo Unite ९. ShowMyPC
१०. DesktopNow ११. BeamYourScreen