तपाई घोडा लाने कि स्याउ खाने ?
एकजना राजा थिए । उनले एउटा सर्वे गराउने विचार गरेछन् कि उनको राज्यमा कति जनाको घर गृहस्थीमा श्रीमानको हुकुम चल्छ अनि कतिको घरमा श्रीमतीको हुकुम चल्छ । उनले पुरस्कारको घोषणा पनि गरेछन् " जसको घरमा पतिको हुकुम चल्छ उसले मनपर्ने घोडा इनाम पाउनेछ र जसको घरमा पत्नीको हुकुम चल्छ, उसले इनाममा स्याउ पाउनेछ ।"
एक एक गर्दै सबै नगरवासीहरुले स्याउ उठाउँदै जान थाले । राजालाई चिन्ता भयो "के मेरो राज्यमा सबै घरमा पत्नीको मात्र हुकुम चल्छ त?" त्यही समयमा एकजना लामालामा जुङ्गा पालेको,
मोटोघाटो मान्छे आयो र भन्यो ‘महाराज मेरो घरमा मेरो मात्रै हुकुम चल्छ, त्यसैले घोडा मलाई दिनुस् ।’
राजा खुशी भए । कमसेकम एउटा व्यक्ति त मिल्यो जसको घरमा पतिको हुकुम चल्छ । राजाले उसलाई उसले रोजेको कालो घोडा दिएर पठाए । त्यो व्यक्ति घोडा लिएर घर गयो तर एकछिन पछि घोडा लिएर दरबारमा फर्केर आयो ।
राजा: किन फर्केर आयौ ?
जवान व्यक्ति: "महाराज,मेरी श्रीमती भन्छिन् कि कालो रङ्ग अशुभ हुन्छ, सेतो रंग शान्तिको प्रतीक हुन्छ । उनले मलाई सेतो रंगको घोडा लिएर आउनु भनेकी छन्, त्यसैले तपाईं मलाई सेतो रंगको घोडा दिनुस् ।"
राजा: हे जवान, लु घोडा राख र स्याउ लिएर जाऊ ।"
मध्यरातमा राजाको कोठामा महामन्त्री आइपुगे । राजाले यति राति आउनुको कारण सोधे ।
महामन्त्री : "महाराज तपाईंले स्याउ र घोडा ईनाममा राख्नुभयो । त्यसको ठाउँमा यदि एक टन धान या सुन इनामको रुपमा राख्नुभएको भए मान्छेहरुलाई केही दिन खान पुग्थ्यो या उनीहरुले सुनको गहना बनाएर लगाउन सक्थे ।"
राजा: "म पनि यही इनाम राख्न चाहन्थें तर महारानीले भनिन् कि स्याउ र घोडा नै ठीक छ, त्यसैले यही नै राखें ।"
महामन्त्रीले भने," महाराज तपाईंकालागि स्याउ काटिदिऊँ?"
राजाले हाँस्दै महामन्त्रीलाई सोधे: ‘तिमी यो प्रश्न मलाई भोलि दरबारमा या भोलि बिहान पनि त सोध्न सक्थ्यौ नि मध्यरातमै किन सोध्न आयौ ?’
महामन्त्री: "महाराज, मेरी धर्मपत्नीले राजाले स्याउ र घोडा नै इनाममा किन राखे भनेर अहिले नै गएर पत्ता लगाएर आउनु भनेकीले म आएको हुँ ।"
राजा (बिचैमा रोकेर): "महामन्त्री स्याउ अहिले यहीं आफैं खान्छौ कि घर पठाइदिऊँ?"
समाज चाहे जति नै पुरुषप्रधान होस् तर परिवार स्त्रीप्रधान नै छ ।
यो घट्ना पढ्नुहुने मित्रहरु! तपाईंहरु स्याउ यहीं खाने कि घर लिएर जाने?😃😃😃
#JL