शिक्षकहरुकाे लागि निशुल्क: एक लाख बराबरकाे काेराेना विमा कसरी गर्ने ?

        

        निशुल्क  विमा गर्न छुट्नुभएकाे भए काे भए तुरन्त  गर्नुहाेस् 

    नेपाल सरकारबाट तलब भत्ता खाने स्थायी, करार, राहत, बाल सहयोगी, कार्यालय सहयोगी लगायतलाई रु १,००,०००/- (एक लाख) को नि:शुल्क कोरोना बिमा व्यवस्था गरिएको छ । यो बिमा जारी भएको १५ दिन पछि लागू हुन्छ र पिसिआर पोजिटिभ आएमा राष्ट्रिय बिमा कम्पनी लिमिटेडले रकम भुक्तानी गर्छ । 

कसरी गर्ने  विमा ?

१. विद्यालयको लेटरप्याडमा सरकारी स्रोतबाट तलब खाने शिक्षकहरुको नाम, ठेगाना, उमेर, सिटरोल नम्बर, ना.प्र.नं. र मोबाइल नम्बर खुलाएर विवरण तयार गर्ने । निजी स्रोतमा शिक्षक/कर्मचारी हुनुहुन्छ भने छुट्टै लेटर प्याडमा त्यसरी नै बिबरण तयार गर्ने किनभने उहाँहरुलाई प्रति व्यक्ति रु. ३०० रुपैयाँ बिमा शुल्क लाग्छ ।

२. तयार भएको बिबरणलाई प्रअले सहि छाप गरेपछि मोबाइलमा स्पस्ट बुझिने गरी फोटो खिचेर राष्ट्रिय बिमा कम्पनी लिमिटेडको नजिकको शाखामा मेल गर्ने ।

(उदाहरणको लागि काठमाडौं नजिक पर्नेले info@rbcl.com.np मा मेल गर्ने । केही नबुझेमा 01-4258866 मा फोन गर्ने)

३. हुलाक टिकट बापत रु. २० लाग्छ । त्यसका लागि नजिकको शाखामा फोन गरि इसेवा वा मोबाईल बैंकिङ मार्फत पैसा पठाउन फोन नम्बर लिने र पैसा पठाएको रिसिप्ट स्क्रिनशट गरि माथिको विवरणमा एट्याच गरि इमेल गर्ने ।

४. बिमा एक्टिभेट भए पछि इमेल मार्फत नै जानकारी आउँछ ।

५. सरकारले दिएको नि:शुल्क सुबिधाको प्रयोग गर्न कोहि नछुटौं । महामारी बढिरहेको छ । आर्थिक रुपमा सुरक्षित बनौं ।

                                                            

    #शिक्षा

Share:
Comments:

Copyright © Ganesh Kc Myagdi | Design by:- Ganesh Kc |